कुरै हरायो! सर्वथोक हरायो



– भगतसिंह खड्का,

गुल्मी

क्याबिनेटको निर्णयमा सम्धी भेटिए,

कुलमान हरायो!

भेटिएनन् बिचरी निर्मलाका हत्यारा, न्याय हरायो!

३३ किलो सुन काण्ड सुनियो ,

सुनै हरायो!

बास्कोटाको ७० करोड गुन्जियो,

कुरै हरायो!

सर्वोच्चबाट निर्मम अपराधी छुटे, विश्वाश हरायो!

जनतालाई लुट एनसेललाई छुट, विवेक हरायो!

कोभिड १९ को महामारी भित्रियो, सरकार हरायो !

जनताहरु दण्डित हुँदा दोषीका लागि कारागार हरायो!

दुईतिहाई आयो, सर्वथोक हरायो!!!

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्