राजपुरका ५७ कर्मचारी र सुरक्षाकर्मीको रिपोर्ट नेगेटिभ



टेकबहादुर पुन, दाङ । जनता सँग प्रत्यक्ष रुपमा जोडिएर काम गर्ने दाङको राजपुर गाउँपालिका अन्तरगतका कर्मचारी तथा सुरक्षाकर्मीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

गाउँपालिका अन्तरगत अग्रपँक्तीमा रहेर काम गर्ने कर्मचारी, सुरक्षाकर्मी लगायत ५७ जनाको रिपोर्ट बुधबार नेगेटिभ आएको हो । उनिहरुको पिसिआर भदौ ७ गते राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराहीमा जाँचका लागि पठाईएको थियो ।

प्रतिष्ठानले बुधबार एक बिज्ञप्ती जारी गर्दै गाउँपालिका अन्तरगतका ५७ जना सबैको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।

जनता सँग प्रत्यक्ष रुपमा जोडिएर काम गर्ने गाउँपालिका उपाध्यक्ष, स्वास्थ्य शाखामा कार्यरत कर्मचारी, ईन्जिनियर, प्राबिधिक, वडा सचिब, कन्ट्याक्ट ट्रेसिङ्ग कर्मचारी हरुको रिपोर्ट नेगेटिभ आएको हो । त्यस्तै शसस्त्र प्रहरी बल खाँग्रा नाकामा कार्यरत १० जना, शसस्त्र प्रहरी बल सुनपत्री नाकाका जवान लगायत २५ जना क्वारेन्टाईनमा रहेका हरुको रिपोर्ट नेगेटिभ आएको गाउँपालिका उपाध्यक्ष धनपती देबी यादबले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्