मतदाता शिक्षामा करोडौं लगानी, तर पनि लाखौ मत बदर



सैघाली खबर
काठमाडौ, ५ पुस


प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनतर्फ जनताले व्यक्त गरेको २६ लाख मत खेर गएको छ। मतदाता शिक्षाका लागि ठूलो रकम खर्च भए पनि मत बदरको अवस्था भने फेरिएको छैन। निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक परिणामअनुसार २६ लाख १० हजार ९६८ मत बदर भएको छ। आयोगले प्रारम्भिक रूपमा सार्वजनिक भएको बदर मतको सङ्ख्या भने घट्ने दाबी गरेको छ।

निर्वाचन क्षेत्रगत रूपमा अन्तिम परिणाम सङ्कलन गरी रुजु गर्ने काम भइरहेकाले बदर मतको सङ्ख्या यकिन भइनसकेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले बताए। ढकालले भने, “बदर मतको अन्तिम सङ्ख्या रुजु हुँदैछ। अहिलेलाई प्रारम्भिक रूपमा सार्वजनिक भएकै बदर मतको सङ्ख्या हो।”

निर्वाचन आयोगले पहिलो र दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभामा ६८ प्रतिशतभन्दा बढी मत खसेको विवरण सार्वजनिक गरेको छ। सङ्ख्यात्मक हिसाबमा एक करोड पाँच लाख ८७ हजार ५२१ मत खसेको छस जसमध्ये आयोगको वेब पेजमा सार्वजनिक विवरणअनुसार प्रतिनिधिसभाको समानुपातिकतर्फ ९५ लाख ४४ हजार ७४४ मत सदर भएको छ। अर्थात् १० लाख ४२ हजार ७७७ मत बदर भएको छ। खसेको मतका आधारमा बदर मत ९।८४ प्रतिशत हो।

प्रदेशसभातर्फ झनै बढी मत बदर भएको छ। कुल मतमा ९० लाख १९ हजार ३३० मत सदर भएको छ। प्रदेशसभामा कुल १५ लाख ६८ हजार १९१ मत बदर भएको छ। कुल मतका आधारमा बदर मत १४।८१ प्रतिशत हो। प्रतिनिधिसभाभन्दा प्रदेशसभाको समानुपातिकतर्फ ४।९७ प्रतिशत बढी मत बदर भएको हो। कुल मतमध्ये प्रदेशगत रूपमा प्रदेश नम्बर १ मा १७ लाख ३६ हजार ६२२ मत सदर भएको छ।

यस्तै प्रदेश २ को प्रदेशसभाको समानुपातिकतर्फ १५ लाख ३७ हजार १७१ मत सदर भएको निर्वाचन आयोगको प्रारम्भिक तथ्याङ्क छ। प्रदेश ३ मा समानुपातिकतर्फ १८ लाख ९१ हजार ३०६ मत सदर भएको छ। यस्तै प्रदेश ४ मा नौ लाख ५६ हजार ८१९ मत सदर भएको छ। प्रदेश ५ मा समानुपातिकको १६ लाख १२ हजार १८० मत सदर भएको आयोगको प्रारम्भिक तथ्याङ्क छ। प्रदेश ६ मा चार लाख ९४ हजार १६२ र प्रदेश ७ मा सात लाख ९१ हजार ७० मत सदर भएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्