सीपीएलमा सन्दीपले गरे अर्को उच्च प्रदर्शन, तर जमैका पराजित



काठमाडौं / ११ भदौ।
क्यारेबियन प्रियिमर लिग (सीपीएल) मा जमैका तलाबाजका लागि नेपाली स्पिनर सन्दीप लामिछानेले फेरि एकपल्ट उच्च प्रदर्शन गरेका छन् ।

तर उनको टिम भने बारबाडोज ट्रिडेन्ट्सको हातबाट ३६ रनले पराजित रह्यो ।

नेपाली समयअनुसार बिहीबार बिहानको खेलमा पहिले ब्याटिङ गरेको बारबाडोजले ७ विकेट गुमाएर १ सय ४८ रन बनाएको थियो । त्यसमा केली मेयर्सले सर्वाधिक ८५ रन बनाए ।

सन्दीपले ४ ओभर बलिङ गर्ने क्रममा अनुशासित प्रदर्शन गरे । उनले १६ रन दिएर २ विकेट लिए ।

उनको बलिङमा एक मात्र चौका प्रहार भएको थियो र १३ डट बल राख्न पनि सफल रहे । उनले रसिद खान र एस्ली नर्सको विकेट लिए ।

जवाफमा जमैकाले २० ओभरमा ९ विकेट गुमाएर १ सय १२ रन मात्र बनाउन सक्यो । त्यसमा सन्दीपले ४ रनको योगदान दिए र नटआउट रहे ।

जमैकाले अहिलेसम्म ५ खेल खेलेकोमा २ मा विजयी रहेको छ भने ३ मा पराजित रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्