एमाले र माओवादी पार्टी एकता गृहकार्य शुरुः सचिब भट्टराई



सैघाली खबर
काठमाडौ, ५ पुस

एमाले र माओवादी केन्द्र बीच पार्टी एकता गर्ने बारे गृहकार्य शुरु भएको छ । नयाँ सरकार गठन र पार्टी एकता सँगसँगै हुनसक्ने बाम गठबन्धनका कतिपय नेताहरुले बताएका छन् । पार्टी एकता गर्ने कुरामा दुईमत नरहेकाले सरकार गठन र पदिय भागबण्डाको विषय छलफलबाटै टुंग्याउने तयारी भईरहेको एमाले सचिव योगेश भट्टराईले  जानकारी दिनुभयो ।

उहाँले पार्टी एकता र सरकार गठनको प्रक्रिया कस्ले कस्लाई के दिने भन्दा पनि पार्टी एकतामा सामेल हुने सबै नेता र दलहरुको सम्वेदनशिलतालाई ख्याल गरिने बताउनुभयो ।उहाँले राष्ट्रियसभा गठनको विषयमा एमाले र माओवादी केन्द्रको बीचमा बैचारिक भिन्नता समेत नरहेको बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्