काठमाडौं उपत्यकामा हाल सम्मकै बढी ३७७ जनामा कोरोना पुष्टि



काठमाडौं / ११ भदौ ।
पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा ३७७ जना कोरोना संक्रिमत थपिएका छन्।

योसँगै उपत्यकामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४ हजार ३ सय ९७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताएका छन्।

बिहीबार काठमाडौंमा २७०, ललितपुरमा ६६ र भक्तपुरमा ४१ जना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ।

काठमाडौं उपत्यकामा एकै दिन संक्रमित हुनेको संख्या यो अहिलेसम्मकै बढी हो।

योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ९६ पुगेको छ।

आज देशभर ११११ नयाँ संक्रमित थपिएका छन्। देशभर हालसम्म ३५ हजार ५ सय २० पुगेको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्