स्थानियद्वारा घोडाघोडि नगरपालिकाको कौवा गाउँ सिल



कैलाली /११ भदौ ।
जिल्लाको घोडाघोडि नगरपालिका १ कौवा गाउँ गाउलेले सिल गरेका छन। पथराम चौधरीको अध्यक्षतामा बसेको बैठकले लकडाउनलाई मध्यनजर गरेर गाउँ सिल गर्ने अध्यक्षको निस्कर्ष निकालिएको थियो ।

नजिकैको गाउँमा कोरोना माहामारी फैलिएको भन्दै गाउँमा कसैलाइ न आउन पनि उहाले आग्रह गर्नु भयो कोरोनाले चारैबाट घेरिसकेको र आफ्नो गाउँलाई सुरक्षित राख्न यो पहल गरिएको हो ।

आफ्नो गाउँमा भएका अटो मोटरसाइकला अत्यावश्यक कामका लागि मात्र प्रयोग गर्न उहाँले जानकारि दिनु भएको छ। यो ,काममा खटिनको लागि ५ सदस्य समेत गठन गरिएको उहाँले बताउनु भयो ।

एता कैलालीको घोडाघोडी नगरपालिकाका ३ कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका सिल गरिएको छ । बिहीबार स्वास्थ्य शाखाका एक,योजना शाखाका एक र एक जना चालकमा कोरोना पुष्टि भएपछि शुक्रवारबाट नगरपालिका सिल गरिएको स्वास्थ्य शाखा प्रमुख कैलाश
कुमार रावतले जानकारी दिनुभयो ।

घोडाघोडि नगरपालिकाको कामलाई मध्यनजर गर्दै आज गाउँमा पनि आवत जावत नगर्न आग्रह गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्