टप फिचर

युट्युबले यस वर्ष मात्रै १ करोड १४ लाख भिडियो हटायो

By थाहा अनलाइन

August 27, 2020

एजेन्सी / ११ भदौ । भिडियो हेर्न मिल्ने माध्यमका रुपमा रहेको युट्युबले यस वर्षको दोस्रो त्रैमासिक अवधिमा १ करोड १४ लाखभन्दा बढी भिडियो हटाएको छ ।

कम्पनीको मापदण्ड तथा निर्देशिका विपरीत रहेको ठहर गरिएका भिडियोहरू हटाइएको कम्पनीद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।

भिडियोका बारेमा प्राप्त उजुरी र आफैँले गरेको मूल्याङ्कनका आधारमा ती भिडियोहरू हटाउनु परेको कम्पनीले स्पष्ट पारेको छ ।

कम्पनीका अनुसार यही वर्ष सन् २०२० को अप्रिलदेखि जुनसम्मको अवधिमा ती भिडियोहरू हटाइएको हो ।

कम्पनीले यसअघि सन् २०१९ मा ९० लाखभन्दा कम भिडियोहरू मात्रै हटाएको थियो । अघिल्लो वर्षको तुलनामा यस वर्ष अत्यधिक धेरै भिडियोहरू हटाउनु परेको कम्पनीको तथ्यांक छ ।

लोकप्रिय सामाजिक सञ्जालका रुपमा दिनप्रतिदिन उपभोक्ताहरू बढ्दै गएसँगै विकृति र दुरुपयोग पनि बढेको भन्दै आलोचना बढेपछि युट्युबले आफ्नो मापदण्ड र निर्देशिकालाई पनि कडा बनाउँदै लगेको छ ।