समुदाय स्तरमा कोरोना फैलिए पछि राप्ती गाउँपालिकाको ५ वटा टोल शुक्रबार देखि एक हप्ता शिल 



ओमप्रकाश गुप्ता , सिसहनियाँ । दाङ देउखुरीको राप्ती गाउँपालिकाको ५ वटा टोल भदौ १२ गते देखि भदाै १९ गते सम्म शिल हुने भएको छ । राप्ती गाउँपालिकाका अध्यक्ष तथा गाउँपालिका स्तरीय विपद व्यवस्थापन समिति ( C.C.M.C) का अध्यक्ष नुमानन्द सुवेदीको अध्यक्षतामा बिहीबार बसेको बैठकले राप्ती गाउँपालिका क्षेत्र भित्र समुदाय स्तरमा कोभिड १९ को संक्रमण फैलाउट रोकथाम न्युनीकरण र नियन्त्रणका लागि वडा नम्बर १,४ र ८ का ५ वटा टोललाई ७ दिन सम्मका लागि शिल गर्ने निर्णय गरेको छ।

जस अनुसार वडा नम्बर १ को भालुवाङ पुल्चोक बजार क्षेत्र र पुरानो भालुवाङ बजार क्षेत्र तथा पाखापानी क्षेत्र बढी संवेदनशील क्षेत्र भएको हुँदा शुक्रबार बिहान ६ बजे देखि शिल गर्ने र वडा नम्बर ४ को बुढीचाैर , माैरीघाट क्षेत्र र वडा नम्बर ८ को कोहलुवा क्षेत्रमा भने सोही दिन राति १२ बजे देखि शिल हुने भएको गाउँपालिकाका सुचना अधिकारी विश्वास विकले जानकारी दिएका छन् । त्यसै गरि बैठकले गाउँपालिका क्षेत्र भित्रका सम्पूर्ण किसिमका सार्वजनिक यातायात सेवा( बस, माइक्रो, अटो, टेम्पो र अन्य सवारीसाधान) अार्को निर्णय नभए सम्मका लागि बन्द गर्ने निर्णय गरेको छ ।

बैठकले गाउँपालिका भित्रका सम्पूर्ण विद्यालय सञ्चालन हालका लागि स्थगन गर्ने, स्वास्थ्य सेवा प्रवाह गर्नका लागि स्वास्थ्यकर्मीले अालोपालो गरि कार्य सञ्चालन गर्ने निर्णय गरेको छ । साथै बैठकले गाउँपालिका कार्यालय र वडा कार्यालयबाट प्रवाह हुने अत्यावश्यक सेवा वाहेक अन्य सवै सेवा भदौ १२ गते देखि स्थगित गर्ने र वडा कार्यालयबाट कोभिड १९ को रोकथाम सचेतना अभिवृद्धिका लागि प्रचारप्रसार गर्ने लगायतको निर्णय गरेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्