धरानमा एकैदिन दुई कोरोना संक्रमितको मृत्यु



काठमाडौं । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा एकैदिन दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा एक महिला र अर्का पुरुष छन्।

प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार उपचारका क्रममा मोरङको बेलबारी- ५ की ५६ वर्षीया महिला र झापाका ८३ वर्षीय पुरुष छन् । झापाका पुरुषलाई बीएण्डसी हस्पिटल बिर्तामोडले बीपी रिफर गरेको थियो ।

कमल गाउंपालिकाको स्वास्थ्य शाखा प्रमुख ईन्द्र अर्यालले बिरामी भएपछि ती पुरुषलाई उपचार गर्न दमकको लाइफलाईन अस्पताल पठाइएको बताए । उनी कमल गाउँपालिका केर्खाका हुन । पुरुषमा सुगर,प्रेसर र मृगौलामा समस्या थियो ।

भदौ ३ गते कोरोना पोजेटिभ पुष्टि भएका उनी सोही दिन वीपीमा भर्ना भएका थिए । उनको शुक्रबार  बिहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।  यस्तै, बेलबारीकी महिलालाई कोसी अस्पतालले धरान रेफर गरेको थियो । भदौ ९ गते धरान भर्ना भएकी थिइन् ।

उनको सोही दिन पीसीआर पोजेटिभ आएको थियो । उनको पनि बिहान ३ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । दुवैको शव व्यवस्थापनको तयारी भइरहेको  प्रतिष्ठानले छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्