एक महिलाले आफूलाई नै कुखुरा सोचेपछि



बेल्जियमको केनाम नखुलाइएकी ती विवाहित महिलाको एक फार्मेसीमा राम्रै जागिर थियो । उनी हालसम्म मदिरा र ड्रग्स केहीको लतमा परेकी छैनन् ।

एकदिन उनका भाइले आफ्नी दिदीलाई कुखुराले झैं कराइरहेको भेटे । दिदीले गाला फुलाइरहेको र कुखुराले झैं व्यवहार गरेर कराएको देखेपछि उनका भाइले उनलाई नजिकैको अस्पताल पुर्याए । अस्पताल पुगेपछि ती महिलाले डाक्टरलाई आफू कुखुरा भएको र खुट्टामा नयाँ अनुभव भइरहेको बताइन् । यू ल्यूभेन युनिभर्सिटीका डाक्टरले ५४ वर्षीया महिलाले आफूलाई कुखुरा ठानेर त्यस्तै व्यवहार गरेको रोचक घटनाबारे जानकारी दिएका छन् ।

जोआनथ्रोपी एक मानसिक विकार हो जसबाट पीडित मानिसले आफू कुनै जनावर भएको ठान्छन् उनलाई पनि तेही रोगले सताएको थियो । ती महिलाको शल्यक्रिया गरियो तत्पश्चात् उनी आफ्नो पुरानै अवस्थामा फर्किएकी छिन् र आफूले गरेको त्यो रोचक व्यवहार उनलाई याद नै छैन । जब उनको परिवारले उनलाई अस्पताल ल्याउनुको कारण बारे बतायो तब उनी निकै लज्जित भएको डाक्टरको रिपोर्टमा उल्लेख गरिएको छ ।

यो महिलाको हकमा उनी आफ्नो परिवारको सदस्य गुमाएका कारण डिप्रेशनमा परेको र उनी जोआनथ्रोपीबाट ग्रसित भएको हुनसक्ने डाक्टर बताउँछन् । – अडिटी सेन्ट्रल

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्