प्रचण्ड र ओली गए शितल निवास राष्ट्रपति भेट्न, यस्तो हुदैछ त्यहा



सैघाली खबर,
काठमाडौं ५ पसु। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समसामयिक बिषयमा राष्ट्रपति बिद्यादेवी भण्डारीसंग छलफल गरिरहेका छन् । राष्ट्रपति भवन सितल निवासमा जारी छलफलमा राष्ट्रियसभा निर्वाचन विधेयकबारे छलफल चलिरहेको शीतलनिवास स्रोले जनाएको छ ।

राष्ट्रपति कार्यालयमा अड्किएको राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश र नयाँ सरकार गठनका विषयमा निर्वाचनबाट ठूलो दल बनेर आएको एमाले र खुम्चिएको कांग्रेसबीच मत बाझिएपछि सहमति टाढिएको हल्ला चलिरहेका बेला भेट भएको हो ।कांग्रेस सत्ता हस्तान्तरण अघि राष्ट्रपतिकहाँ पठाएको राष्ट्रियसभा निर्वाचन अध्यादेश राष्ट्रपतिले जारी गरी सभा गठनको बाटो खोल्नुपर्ने अडानमा छ । कांग्रेसले सत्ता लम्ब्याउन आफू अनुकुल कानुन बनाउन खोचे थापेको आरोप एमालेले लगाएपछि सत्ता हस्तान्तरण प्रक्रिया जटिल बनेको हो ।

कांग्रेस–एमालेबीच यही आरोप–प्रत्यारोपका कारण प्रतिनिधि तथा प्रदेशसभा प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना सकिएको अवस्थामा पनि नयाँ सरकार गठनको बाटो खुलेको छैन ।

दाहाल भने ओली–देउवा दुवैसँग छलफलमा छन् । वाम गठबन्धनका कारण पनि ओलीसँग उनको हिमचिम बढी नै छ । प्रधानमन्त्री देउवासँगको भेटघाटलाई पनि उनले निरन्तरता दिइरहेका छन् ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्