देवेन्द्रराज कण्डेलको २०६० भदौ १२ को त्यो कहालीलाग्दो रात

By Thah Online

August 30, 2020

२०६० साल भदौ १२ गतेको त्यो रात अझै पनि मेरो मन र मस्तीष्कमा गुन्जीरहन्छ । अहिले पनि हरेक बर्षको भदौ १२ गतेको रात संगै त्यो घटना मेरो लागि जीवन र मरण संग केन्द्रित थियो । त्यसैले स्मरण नहुनुको विकल्प छैन् ।२०६० साल भन्दा अघि लगातार दुई पटक सम्म गृह राज्य मन्त्रीको भुमीमा हुनुहुन्थ्यो कण्डेल । अझ बढी द्धन्द्ध कालकै बेलामा गृह राज्य मन्त्रीको भुमीका निर्वाह गरेकै कारणले कण्डेलमाथी गोली प्रहार भएको थियो ।

शाही सरकारले निर्वाचित सरकारलाइ “कु“गरि राज्य संचालन हातमा लिए पश्चात् २०६० साल भाद्र १२ गते राती कुसुन्ती(ललितपुर नजिक ) आफ्नै निवास बाहिर कण्डेल माथी १७ राउन्ड गोली प्रहार भएको थियो ।राजनैतिक पुर्वाग्रहका कारण तत्कालिन बिद्रोही समूह (तत्कालीन माओबादी) को आक्रमणमा परि १७ राउण्ड गोली लाग्दा पनि बाच्न सफल कण्डेल त्यसपछिको सबै जिवन आफ्नो बोनस लाईफको रुपमा लिनुहुन्छ ।यति धैरे गोली लाग्दा पनि ( हाल सम्म छातिमा एक गोली समेत रहेको अवस्था) मृत्यु सँग संघर्ष गरेको त्यो दिन पछिको सबै वाकी दिन जीवन बोनसको लाईफ जस्तै छ ।नयाँ जीवन प्राप्त गरेको त्यो दिन “बोनस लाइफ“ को शुरूवात भएको दिन, कहिल्यै बिर्सन सक्दिन बाचुन्जेल देश र जनताको सेवा गर्ने निर्वाचनमा मैले प्रतिबद्धता जनाए अनुसार राज्यबाट पाएको सबै सेवा सुबिधा बापतको रकमलाई संकलन गरेर त्यसमा थप गरि सबै रकम सामाजीक कार्यमा खर्च गर्नेशिक्षा , स्वास्थ्य , धार्मिक विकास , सडक तथा भैतिक पुर्वाधार विकास गर्ने कार्यमा सबै रकम सहयोग गर्दै आएको कण्डेलले बताउनुभयो ।नेपाली कांग्रेसको राजनिती यात्रामा निकै चर्चीत नाम हो , देबेन्द्रराज कण्डेल उर्फ मुन्ना बाबु । पारिवारिक पृष्ठभुमीकै प्रभावका कारण निकै कम उमेरमा राजनितीक यात्रा सुरु गर्नुभएका कण्डेल हरेक समय कुनै न कुनै अवस्थाका कारण चर्चामा रहनुभयो । कुशल वक्ता र सबै माझँ लोकप्रिय मानिने कण्डेलको राजनितिक पृष्ठभुमी निकै लामो छ । प्रमुख प्रतिपक्षको भुमिकामा रहेको यतिबेलाको कांग्रेसमा पछिल्लो पटक कण्डेल आफ्नो फरक र पृथक बिचारकै कारण राष्ट्रिय र अन्तराष्ट्रिय संचार माध्यम सामु चर्चीत रहने गर्नुभएको छ । बिद्यार्थी जिवनबाट राजनिती यात्रा सुरु गर्नुभएका कण्डेल यतिबेला सबै जसो राष्ट्रिय र अन्तराष्ट्रिय मिडियाकालागी उहांले संघीय सदन बैठकमा प्रस्तुत गर्ने अभिब्यक्तीनै उच्च प्राथमिकता दिईएको पाईन्छ ।

२०३६ सालबाट कागं्रेसको सक्रिय राजनिती सुरु गर्नुभएका कण्डेल साविक नवलपरासी जिल्लाको बडहरादुबैलिया गाविससको दुई पटक सम्म लगातार प्रधानपन्चमा निर्वाचित हुनुभयो । भने २०५१ र २०५६ पनि सांसदमा निर्वार्चीत हुनुभयो । कण्डेल भन्दा पहिला २०१५ सालमा कण्डेलका बाबु स्व. पृथ्बी राज कण्डेल पनि सांसदमा निर्वाचित हुनुभयो । बुबा पृथ्बी राज सांसदमा निर्वाचित भएपनि यस क्षेत्रका जनताको लागी सडक बाटो घाटो , बिजुली , शिक्षा स्वास्थ्य लगायतमा क्षेत्रमा राम्रो काम गर्नुभयो ।अझं २०१५ सालमा कण्डेलकी हजुरआमा स्व. राधादेवी कण्डेल बिपी काईरालाको टिकट बितरण गर्ने संसदीय दलको एक मात्र महिला सदस्यको रुपमा रहनुभएको थियो ।

अझ रोचक प्रंशङ्ग राणाशासन अवस्थामा कण्डेलकी हजुर आमा राधा कुमारीले नेपालमा बिद्यालय संचालन गर्न नपाएपछि नेपालीलाई नै शिक्षा दिने उदेश्यले छिमेकी मुलक भारतको ठुठीबारीमा गएर राधा कुमारी बिद्यालय समेत संचालन गर्नुभयो । जुन बिद्यालय अहिले पनि राधा कुमारी ईन्टर कलेजको नाममा सुरक्षीत छ । जुन कलेजको नेतृत्व छोरा पृथ्बी राज कण्डेल हुदै अहीले नाती देबेन्द्रले नै समालीराखेको अवस्था छ ।

२०३६ सालबाट कांग्रेसको यात्रा सुरु गरेका कण्डेलले पार्टीमा महासमिती सदस्य , जिल्ला सभापति हुदै बर्तमान पार्टीको केन्द्रिय सदस्य तथा केन्द्रिय अनुशासन समितीका सदस्यको भुमीकामा हुनुहुन्छ । पार्टी सभापति शेर बहादुर देउवाको निकै बिस्वासीलापात्र मानीने कण्डेल यस अगाबै कांग्रेसमा युवा पंक्ती माझ निकै चर्चित नेता मानिने नेता स्व. खुम बहादुर खड्का निकट मानिने भएपनि यतिबेला कण्डेल र कांग्रेसका अर्को जुझारु नेता शंकर भण्डारीले खड्काका प्रतिनिधी पात्रको रुपमा देउवालाई पुर्ण सघाउ गरेको पाईन्छ ।

(माननीय देवेन्द्र राज कण्डेल ले गत २०७६ भाद्र १२ गते आफ्नो फेसबुक पेजमा ब्यक्त गर्नु भएको जीवन बृतान्त सम्झना )