अमेरिकामा कोरोना सङ्क्रमितको संख्या झन्डै ६१ लाख, १ लाख ८५ हजारको मृत्यु



काठमाडौं / १३ भदौ।
कोरोना संक्रमणको सबैभन्दा बढी मारमा परेको अमेरिकामा सङ्क्रमितको संख्या ६१ लाख नजिक पुगेको छ।

वर्ल्ड मिटरमा उपलब्ध आज विहान ६ बजेसम्मको विवरणअनुसार त्यहाँ कोरोद्दा संक्रमितको संख्या ६० लाख ९४ हजार ३२७ पुगिसकेको छ।

सङ्क्रमितमध्ये १ लाख ८५ हजार ८७० जनाको मृत्यु भएको छ भने ३३ लाख ७१ हजार १८६ जना सङ्क्रमणमुक्त भइसकेका छन्।

अमेरिकापछि सबैभन्दा धेरै प्रभावति देखिएको ब्राजिलमा सङ्क्रमितको संख्या ३८ लाख १२ हजार ६०५ पुगेको छ।

ब्राजिलमा १ लाख १९ हजार ५९४ जना सङ्क्रमितको मृत्यु भइसकेको छ। करिब पौने तीस लाख मानिस उपचारपछि निको भएका छन्।

वर्ल्ड मिटरको पछिल्लो अपडेटअनुसार विश्वभर कोरोना सङ्क्रमितको संख्या २ करोड ४८ लाख ८८ हजार १४ पुगेको छ।

जसमध्ये ८ लाख ४० हजार ४२८ जनाको मृत्यु भइसकेको छ। १ करोड ७२ लाख ७६ हजारभन्दा बढी निको भइसकेका छन्।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्