डाक्टर सहित ९ जनामा कोरोना संक्रमण



पोखरा । गण्डकी प्रदेशमा शनिबार ९ संक्रमित थपिएका छन् । संक्रमितमध्ये एक जना मणिपाल अस्पतालका डाक्टर र बाँकी ८ जना लमजुङमा कार्यरत प्रहरी रहेका खुलेको छ । शुक्रबार मात्रै लमजुङ बेँशीशहरमा कार्यरत १२ जना प्रहरीमा कोरोना देखिएको थियो ।

स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार शनिबार बिहान ९ संक्रमित थपिएसँगै गण्डकीमा कोरोना संक्रमितको कुल संख्या २०६५ पुगेको छ । यसअघि पनि मणिपाल अस्पतालका एक चिकित्सकलाई कोरोना भेटिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्