हापुरेबाट सेवा प्रवाह सुरु



सैघाली खबर,
हापुरे, ५ पुस ।

बबई गाउँपालिकाले हापुरेबाट आफ्नो सेवा प्रवाह सुरु गरेको छ । गत २०७४ साउन २० गतेको गाउँसभाको निर्णय अनुसार गाँपालिकाको कार्यालय हापुरेमा स्थानान्तरण गरी सेवा प्रवाह गरेको गाउँपालिकाका प्रवक्ता टंकराज बिकले जानकारी दिनुभएको छ ।

गाउँपालिकाले हापुरेबाट सेवा सुरु गरेकोमा सेवाग्राहीहरु खुसी भएको गाउँपालिकाका अध्यक्ष भूवनेश्वर पौडेलले बताउनुभएको छ । पौडेलले स्थानीयको मनोभावना अनुसार गाउँपलिकाको केन्द्र हापुरेमा सारिएको जानकारी दिनुभयो ।

पौडेलका अनुसार पूस २ गते गाउँपालिकाको कार्यालय हापुरेमा सारिएको र आजदेखि गाउँपालिकाले दिने सेवा दिन सुरु गरेको छ । गाउँपालिकाले अहिले हापुरेस्थित एक भवन भाडामा लिएर सेवा प्रवाह गर्न सुरु गरेको हो । यसैबीच गाउँपालिकाले हापुरेबाट सेवा दिन सुरु गरेकोमा सेवाग्राहीहरुले खुशी व्यक्त गरेका छन ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्