दाङको बंगलाचुली गाउँपालिकाले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दाङ निर्णयलाई पुर्णरुपमा कार्यान्वयन गर्ने



भाद्र १३ दाङ ।

दाङको बंगलाचुली गाउँपालिकाले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र दाङ निर्णयलाई पुर्णरुपमा कार्यान्वयन गर्ने भएको छ ।शनिवार बंगलाचुली गाउँपालिका विपद् व्यवस्थापन समितिको बैठक पछि वसेको गाउँकार्यपालिकाको वैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले गरेको निर्णयलाई सबै ठाउँमा लागु गर्ने निर्णय गरेको बंगलाचुली गाउँपालिका निमित्त प्रमुख प्रशासकीय अधिकृत नाराण प्रसाद आचार्यले जानकारी दिनु भयो ।

दाङमा आइतबारदेखि एक साता लकडाउन हुने छ । कोरोना संक्रमण बढ्दै गएपछि कोरोना संकट व्यवस्थापन केन्द्रको शुक्रबारको बैठकले भदौ १४ गते राति १२ बजेदेखि २१ गते रातिसम्म लकडाउन गर्ने निर्णय गरेको हो ।

कोरोना संक्रमणको अवस्थालाई मध्यनजर गरी लकडाउन अवधि बढाउन सकिने छ । लकडाउन अवधिभर अत्यावश्यक सवारीसाधन बाहेक अन्य यातायात, उद्योग, कलकारखाना, बैंक, वित्तीय संस्था, होटेल, रेस्टुरेन्ट, व्यवसाय, संघसंस्थाका कार्यालय बन्द हुनेछन् ।

तर सरकारी कार्यालय थोरै कर्मचारीबाट मात्रै सञ्चालनको व्यवस्था मिलाइने छ । बंगलाचुली गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीको अध्यक्षता मा बैठक सम्पन्न भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्