उपप्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीको पिसिआर रिपोर्ट नेगेटिभ



काठमाडौं। उपप्रधानमन्त्री ईश्वर पोखरेलसहित तीन जना मन्त्रीको पिसिआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ ।

कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का कर्माचारीलाई कोरोना संक्रमण देखिएपछि उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पोखरेल, गृहमन्त्री रामबहादुर थापा र स्वास्थ्यमन्त्री भानुभक्त ढकाल होम क्‍वारेन्टाइनमा बसेका थिए ।

छाउनीस्थित सिसिएमसी सचिवालय रहेको रेञ्‍जर गणमा जाँदा उनीहरूको ती कर्मचारीसँग भेट भएको थियो ।

उपप्रधानमन्त्री पोखरेल र गृहमन्त्री थापा नेकपा सचिवालय सदस्य समेत रहेकाले शनिबार बस्‍ने भनिएको सचिवालय बैठक समेत स्थगित गरिएको थियो । नेकपा सचिवालय बैठक अब भदौ १८ गते बस्दै छ ।

यसैबीच प्रधानसेनापति पूर्णचन्द्र थापाको पनि पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । तीन जना मन्त्रीसँगै प्रधानसेनापति थापा पनि होम क्‍वारेन्टाइनमा बसेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्