दाङ बाट कस्ता – कस्ता सफ्टवयर उत्पादन हुदैछन् त ?



 

सैघाली खबर
दाङ, ५ पुस । क्रिएटिभ टेक्नोसोलुसन्स दाङबाटै सफ्टवयर उत्पादन सुरु गरेको छ । टेक्नोसोलुसन्स तेश्रो वार्षिक उत्सबको अबसरमा पत्रकार सम्मेलनको आयोजना गरी उत्पादिन सफ्टवयरका बारेमा जानकारी दिएको हो । पत्रकार सम्मेलनमा बोल्दै सोलुसन्सका सिइओ अमर अधिकारीले जिल्लाबाटै विद्यालय नेटवर्किङ, हाजीरी नेटवर्किङ, हस्टिपल नेटवर्किङ लगाएतका प्रविधिको विकास गरेको वताउनुभयो । पछिल्लो चरण प्रविधीको विकास तिव्र गतिले भएको वताउँदै जिल्लाको विकासका लागि अफुहरुले भुमिका खेलेको वताउनुभयो ।

प्रविधीको प्रयोग गरी काम गर्दा छिटो छरितो हुने बताउँदै यस्ता प्रविधीको प्रयोग दाङका सरकारी तथा गैर सरकारी संघसंस्था , उद्योग व्यापार क्षेत्रहरुमा प्रयोग हुदै आएको वताउनुभयो । दाङबाट उत्पादित सबै सफ्टवयरको विक्री वितरण राम्रो भएको अधिकारीको भनाई छ सर्वसाधारण सम्म सेवा पु¥र्याउन सफ्टवयर निर्माण गरेको उहाँले जानकारी दिनुभयो ।

दाङमा उत्पादित सफ्टवयर दाङ रोल्पा ,रुकुम प्युठान नेपालगंज लगाएतका विभिन्न क्षेत्रमा विक्री वितरण हुदै आएको उहाँले जाकनारी दिनुभयो । सोलुसन्सले आफ्नो तेश्रो बार्षिक उत्सवको अबसरमा उत्पादित सफ्टवयर ५० प्रतिशत छुटमा विक्री गर्दै आएको समेत जानकारी दिनुभयो ।

त्यस अबसरमा सोलुसन्सका एम डि सरोज गिरी , आन्नद तिवारी राम प्रसाद जगुरेल र भिम गिरीले समेत बोल्नु भएको थियो  कार्यक्रमको सहजिकरण रेजिना केसीले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्