यी विद्यालय क्रान्तिकारीको कारवाही सूचीमा, यस्तो छ कारण



काठमाडौँ । अखिल क्रान्तिकारीले कोरोना भाइरस महामारीको संकटमा पनि कतिपय शैक्षिक संस्थाहरुले अविभावकसँग रकम असुली रहेको बताएको बताउँदै ध्यानाकर्षण भएको बताएको छ । उसले एसईई नतिजा सार्वजनिक भएसँगै केही निजी विद्यालयहरुले कोटा बुक गराउने नाममा असुली गरिरहेका भन्दै तत्काल रोक्न माग गरेको छ ।

अखिल क्रान्तिकारी उपत्यका क्षेत्रीय समन्वय समितिका संयोजक हर्कबहादुर विकले शनिबार एक विज्ञप्ति जारी गर्दै केही शैक्षिक संस्थाहरुले कक्षा ११ मा भित्रभित्रै भर्ना लिने, कोटा बुक गराउने, भर्ना सम्बन्धि व्यापक प्रचारप्रसार गर्ने र विद्यार्थी अभिभावकमा भ्रम सिर्जना गर्ने काम गरिरहेको भन्दै आपत्ति जनाएका छन् ।

‘हालै एसईईको नतिजा सार्वजनिक गरिए पश्चात केही शैक्षिक संस्थाहरुले कक्षा ११ मा भित्रभित्रै भर्ना लिने, कोटा बुक गराउने, भर्ना सम्बन्धि व्यापक प्रचारप्रसार गर्ने र विद्यार्थी अभिभावकमा भ्रम सिर्जना गर्ने काम भइरहेकोले उक्त क्रियाकलाप तत्काल बन्द गर्न जोडदार माग गर्दछौं’ विज्ञप्तिमा भनिएको छ ।

त्यस्तै, संयोजक विकले कक्षा १२ को वार्षिक परीक्षा विश्वविद्यालय तहका सम्पूर्ण परीक्षाहरु, नतिजा प्रकाशन, प्राविधिक तर्फका प्रवेश परिक्षाहरु, नयाँ भर्ना लगायत यो शैक्षिक सत्र नै खेर जान सक्ने सम्भावनाको विषयमा विद्यार्थीहरुमा गम्भीर मनोवैज्ञानिक असर परिरहेको बताएका छन् । उनले शिक्षा मन्त्रालय र विश्वविद्यालयद्वारा स्पष्ट र वैज्ञानिक योजनासहित शैक्षिक क्षेत्रमा उत्पन्न अन्यौलताको तत्काल अन्त्य गर्न समेत माग गरेका छन् ।

काठमाडौं उपत्यकाका केही निजि शैक्षिक संस्थाहरुले अहिलेको संकटमा मानवीय समवेदनाको पक्षमा न्यूनतम ख्याल नगरी अभिभावकसँग जबरजस्ती शुल्क असुलिरहेका सूचना प्राप्त भएको बताउँदै सो कार्य रोक्न विज्ञप्तिमा आग्रह गरिएको छ । “मल्पिसिटी स्कुल बालुवाटार, डियर वाक स्कुल सिफल, मिल्सेबेरी स्कुल महाराजगन्ज, रातोबंगला स्कुल ललितपुर, युलेन्स स्कुल ललितपुर, प्रिमिएयर स्कुल ललितपुरलगायतका निजि स्कुलहरुले अविभावकहरुलाई शसल्क तिर्न जबरजस्ती गरिरहेको कुराले हाम्रो संठनको गम्भीर ध्यानाकर्षण भएको छ । यस्ता विद्यालयहरुलाई उक्त कार्य तत्काल बन्द गर्न कडा चेतावनी दिन चाहन्छौं” विज्ञप्तिमा उल्लेख छ ।

कोरोना संकटमा समेत धन थुपार्न मरिहत्ते गर्ने शैक्षिक माफिया, दलाल र तिनका विद्यालयहरुलाई संगठनले कारवाही गर्ने समेत चेतावनी दिएका छन् । त्यसैगरी त्रिभुवन विश्वविद्यालयद्वारा विद्यार्थीहरुलाई अन्यौल र भ्रम सिर्जना हुनेगरी परीक्षाको विषयमा थरिथरिका सूचना प्रकाशित गरेर विद्यार्थीलाई मनोवैज्ञानिक दवाव र अन्यौलता सिर्जना गरिहरेको भन्दै त्यस्तो कार्य नगर्न समेत विज्ञप्तिमा भनिएको छ ।

यसले विश्व विद्यालयजस्तो महत्वपूर्ण संस्थाले स्थितिको सामान्य मुल्यांकन समेत गर्न नसक्नुले क्षमता र हविगतबारे स्पष्ट समेत संयोजक विकले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्