ओमप्रकाश गुप्ता, सिसहनियाँ १४ भदाै । दाङ देउखुरीकाे सिसहनियाँमा रहेकाे नेपाल बैंक लिमिटेड शाखा कार्यालय सिसहनियाँका एक कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ । राप्ती गाउँपालिका वार्ड नम्बर ५ सिसहनियाँ बजारमा रहेकाे उक्त बैंकका एक पुरूष कर्मचारीमा काेराेना संक्रमण देखिएकाे हाे ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा गरिएकाे स्वाब परिक्षणका क्रममा नगद काउन्टरमा कार्यरत घाेराही उपमहानगरपालिका वार्ड नंम्बर १० नारायणपुरका ३० बर्षीय ती पुरूषमा काेराेना संक्रमण पुष्टि भएकाे प्रतिष्ठानले जनाएकाे छ । संक्रमण देखिएका पुरूषमा ज्वराे र टाउकाे दुख्ने समस्या भएपछि कन्ट्याक ट्रेसिङको आधारमा स्वाब संकलन गरी परिक्षण गर्दा ती पुरूषमा काेराेना संक्रमण देखिएकाे राप्ती गाउँपालिका स्वास्थ्य शाखा प्रमुख नारायण राउतले जानकारी दिएका छन् ।
कर्मचारीमा काेराेना संक्रमण देखिएपछि बैंकलाई पुर्ण रूपले शिल गरिएको छ भने सिसहनियाँ बजार क्षेत्रलाई पनि शिल गरिएको छ । बजार क्षेत्रको पुर्वमा वडा नम्बर ८ को सिमा सम्म र पश्चिममा लमही नगरपालिकाको सिमा क्षेत्र सम्म तथा उत्तरमा चुरे क्षेत्र सम्म र दक्षिणमा राप्ती नदी सम्म आज बिहानै देखि आर्काे सुचना नआउँदा सम्मका लागि पूर्ण रूपमा सिल गरिएकाे राप्ती गाउँपालिका ५ नम्बर वडाध्यक्ष गोवर्धन रावतले जानकारी दिएका छन् । बजार क्षेत्र सिल गरिएपछि बिहानै देखि बजार क्षेत्र सुनसान रहेकाे छ भने सुरक्षा व्यवस्था कडाई गरिएकाे छ । संक्रमित हाल हाेम क्वारेन्टाइनमा रहेकाे बताईएकाे छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।