दाङ आएर पूर्वरथी बालानन्द शर्माले के भने ?




सैघाली खबर
दाङ ५ पुस । पूर्वरथी बालानन्द शर्माले संविद्यान कार्यान्वयन र नेपालको शान्ति सुरक्षा निकायले ध्यान दिनुपर्ने वताउनु भएको छ । संघीयतामा नेपाल प्रहरीको पुनःसंरचना विषयक एक कार्यक्रममा बोल्दै रथी शर्माले यस्तो वताउनु भएको । सिँहदरबारलाई स्थानिय तह सम्म पु¥र्याउन न्यापालिका ब्यवस्थापिका र कार्यपालिकालाई चुष्त राख्न आग्रह गर्नुभयो । प्रहरीसंग भएको हतियार व्यवस्थापन कसरी गर्ने भन्ने चिन्ता रहेको वताउँदै त्यसका लागि नेपाल प्रहरीको छुट्टै ऐन बनाउन आबश्यकता रहेको औल्याउनुभयो ।

देश संघीतामा गए संगै नेपाल प्रहरीका थुप्रै विषय अन्यौल भएको वताउँदै प्रहरी भर्ना , तालिम, प्रहरी पोषाक, रासन लगाएतका विषयमा एक रुपता ल्याउन आबश्यकता भएको वताउनुभयो । पुर्व रथी शर्माले महानगरिय प्रहरी अबधारणा कार्यान्वयनमा समस्या देखा परेको वताउँदै प्रहरीले त्यसलाई विशेष ध्यान दिनुपर्ने बताउँनुभयो । नेपालमा हाल ७३ हजार प्रहरी रहेको वताउँदै सबै प्रदेशमा प्रहरी परिचालन गर्दा अपुग हुने वताउनुभयो । कार्यक्रममा जिल्लाका सम्पूर्ण सुरक्षा निकायका प्रमुखको सहभागिता रहेको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्