कोभिड–१९ ले विश्व पर्यटन उद्योगमा १० खर्ब डलरको क्षती, १० करोड रोजगारी गुम्यो



न्यूयोर्क / १४ भदौ।
संयुक्त राष्ट्र संघले कोभिड–१९को विश्वव्यापी पर्यटन उद्योगमा भएको विनासकारी क्षती सार्वजनिक गरेको छ ।

यो महामारीले समस्याग्रस्त क्षेत्रमा १२ खर्ब डलरको क्षती र १२ करोड पर्यटन रोजगारी जोखिममा परेको तथ्यांकमा उल्लेख छ ।

हालै प्रकाशित नीति ब्रिफिङमा यूएनले अन्तर्राष्ट्रिय पर्यटनको संख्या २०२० सम्ममा ५८ प्रतिशतदेखि ७८ प्रतिशतसम्म गिरावट आउने प्रक्षेपण गरिएको छ ।

गणना अनुसार उद्योगमा यो ठूलो धक्काले केही मुलुकहरुको आम्दानी ८५ करोडदेखि १.१ अर्ब डलर सम्मले घट्न सक्ने उल्लेख छ ।

यो वर्षको सुरु पाँच महिनाको अवधिमा अन्तर्राष्ट्रिय पर्यटनको आगमन आधा भन्दा बढीले घटेको र पर्यटनमा गरिने निर्यातमा त्यस्तै ३२० अर्ब डलरले गिरावट आउने छ,” संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले यो साताको सुरुमा बताएका छन् ।

पहिले भएको क्षती ३ गुणा बढी रहेको र यो २००९ को विश्वव्यापी आर्थिक संकटको समयमा भएको थियो ।

पृथ्वीको पर्यटन क्षेत्रमा भएको काममा १० मा एक असाधारण संकटमा पुगेको संगठनले जनाएको छ ।

यसैगरी पर्यटन क्षेत्रमा १० करोडदेखि १२ करोड प्रत्यक्ष रोजगारी गुम्न सक्ने छ । यसैबीच पर्यटन क्षेत्रमा निर्भर रहेका मु्लुकहरुको बेरोजगारी २० प्रतिशत भन्दा बढीले बढ्न सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्