भारतकै महँगो तरकारी गुच्छी, जसको मूल्य प्रति केजी ४८ हजार रुपैयाँ पर्छ



नयाँ दिल्ली / १४ भदौ।
सामान्य रुपमा कुनै तरकारीको मूल्य १००–२०० रुपैयाँ पर्यो भने त्योनै हामीलाई महँगो लाग्छ । तर सोच्नुस कु्नै तरकारीको मूल्य हजारौ रुपैयाँ पर्यो भने के होला ? हजुर भारतमा यस्तै एक किसिमको तरकारी छ । यसको मूल्य सुन्नु भयो भने तपाइलाई अचम्म लाग्न सक्छ ।

यो तरकारीको नाम हो गुच्छी । जुन हिमालयमा पाइने जंगली च्याउको प्रजाती हो । बजारमा यसको मूल्य ४० देखि ४८ हजार रुपैयाँ पर्छ । गुच्छी भारतमा पाइने दुर्लभ तरकारी हो । जसको विदेशमा राम्रो माग रहेको छ । यो तरकारीको मूल्य सुनेर मानिसले भन्ने गरेका छन् कि यदी गुच्छी खानुछ भने बैंकबाट ऋण लिनुपर्छ ।

गुच्छीमा पाइने औषधीय गुण मुटुको बिमारीलाई टाढै राख्नका लागि सहयोगी रहेको छ । यसका अलावा यो तरकारीले शरीरलाई कयौ अन्य प्रकारका पोषण दिन्छ । गुच्छी एक किसिमको मल्टी भिटामिनको प्राकृतिक गोली हो । यो तरकारी फेब्रुअरीदेखि अप्रिलको बीचमा पाइन्छ । जसलाई ठूला–ठूला कम्पनी र होटलले तछाड मछाड गरेर लिने गरेका छन् ।

अमेरिका, फ्रान्स, युरोप, स्वीट्जरल्यान्ड र इटालीमा गु्च्छीको तरकारी खान मानिस मन पराउछन् । यद्यपि यो जंगली तरकारी संकलन गर्नका लागि ज्याननै जोखिममा राखेर पहाडमा धेरै माथिसम्मा जानुपर्छ । यो तरकारी वर्षाको समयमा संकलन गरेर सुकाइन्छ । त्यसपछि मात्रै यसको उपयोग गरिन्छ ।

पाकिस्तानको हिन्दकुस पहाडमा यो गुच्छीको तरकारी उमारिन्छ । पाकिस्तानका मानिस पनि यसलाई सुकाएर विदेशमा बिक्री गर्छन् । यो तरकारीको विषयमा विभिन्न कहानी सुनाइने गरिएको छ । भनिन्छ कि जब पहाडमा आधी आउछ र सोही समयमा बिजुली चम्किन्छ सोही समयमा गुच्छीको बाली पैदा हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्