सांसद गंगा चाैधरीद्वारा राप्ती गाउँपालिकालाई स्वास्थ्य सामाग्री प्रदान  



ओमप्रकाश गुप्ता , सिसहनियाँ १४ भदाै । प्रतिनिधि सभा सदस्य तथा सांसद गंगा चाैधरी सत्गाैवाले राप्ती गाउँपालिकालाई अावश्यक स्वास्थ्य सामाग्री प्रदान गरेकी छिन् । देउखुरी कोरोना विषेश अाइसोलेनमा रहेका कोरोना संक्रमितको उपचारमा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई लक्षित गरी अाइतवार गाउँपालिको कार्यालयमा पुगी सांसद चाैधरीले ९ सेट पिपिई, ३ थान सेनिटाइजर, २५ थान मास्क र १ थान थर्मलगन प्रदान गरेकी हुन् ।

सांसद चाैधरीले सो स्वास्थ्य सामाग्री राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीलाई हस्तान्तरण गरेकी छिन् । स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै सांसद चौधरीले आगामी दिनमा थप कोभिड १९ बाट बच्न र बचाउन प्रयोग हुने स्वास्थ्य सामाग्री उपलब्ध गराउने बताएकी छिन् ।

भने स्वास्थ्य सामाग्री बुझ्दै गाउँपालिका अध्यक्ष सुवेदीले महामारीका बेला अाफ्नो ज्यानलाई जोखिममा राखेर रातदिन खटिने स्वास्थ्यकर्मीका लागि अावश्यक पर्ने स्वास्थ्य सामाग्री उपलब्ध गराएकोमा धन्यवाद दिएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्