काठमाडौं उपत्यकामा थप ४२९ जनामा कोरोना पुष्टी



काठमाडौं /१४ भदौ
पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ४२९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा ४२९ संक्रमित थपिएका हुन् ।

आइतबार काठमाडौं ३७२ जना, भक्तपुरमा ४५ र ललितपुर १२ जनामा कोरोना संक्रमण देखिएको छ ।

शनिबार काठमाडौंमा १५५ जना, भक्तपुरमा १२ र ललितपुर १९ जनाम गरी १८६ जना कोरोना संक्रमण देखिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्