के तपाईको मृर्गौलाको डाईलोसीस गर्नुछ ? यस्तो छ उपाय ..



दिपक बोहरा
दाङ , ५ पुस ।राप्ती अञ्चल अस्पताल तुलसीपुरमा डायलसीस सेवा सञ्चालनमा आउने भएको छ । डायलसीस सेवा सञ्चालन गर्नका लागि सम्पुर्ण काम पुरा भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. बिनोद सिंहले जानकारी दिनुभयो । उहाँले भन्नुभयो ‘पुर्बाधार निर्माणको काम पुरा भएको छ ।’ ‘अलिकति बत्तिका समस्या छ, त्यो समस्या हल हुन साथ सेवा शुरु हुन्छ ।

यहि पुस १५ गते भित्र डायलसीस सेवा सञ्चालन गर्ने तयारी भएको समेत जानकारी दिनुभयो । डायलसीस गर्ने अन्य पुर्बाधार तयार भएको भएपनि बत्तिकै समस्याका कारण सेवा सञ्चालनमा ढिलाई भएको भनाई छ । बत्तिको बिकल्पमा जेनेनेटर ल्याउने तयारी भएको भनाई छ । सबै पुर्बाधार जडान गर्न अहिले सम्म करिब ५० लाख खर्च भएको जानकारी दिनुभयो ।

डायलसीस सञ्चालनका लागि कर्मचारीहरुलाई तालिम दिईएको अस्पतालका नायब सुब्बा नबेन्द्र गिरीले बताउनुभयो । एक जना बिशेषज्ञ, एक जना मेडिकल अधिकृत, केही स्टाफनर्स र कार्यालय सहयोगी गरी ७ जना कर्मचारी आबश्यक पर्ने नासु गिरीले जानकारी दिनुभयो । डायसीस बिशेषज्ञ डा. मिन चन्द्र अधिकारी सहितका कर्मचारी खटिने उहाँको भनाई ।

मृगौला रोगीहरुका लागि डायलसिस गर्न नेपालगंज, काठमाण्डौ जानुपर्ने बाध्यता अन्त्य हुने अस्पतालका नायब सुब्बा नबेन्द्र गिरीले बताउनुभयो । डायलसीस सेवा निःशुल्क प्रदान गरिने छ । उनका अनुसार समान्य प्रक्रियालाई पूरा गरी अस्पतालमा आएका बिरामीलाई हप्तामा दुईपटक निःशुल्क सेवा दिईने छ ।

दाङमा डायलसिस सेवा नहुँदा मृर्गाैलाको बिरामीहरु महंगो पैसा ँ खर्च गरेर जिल्ला बाहिर जानु पर्ने बाध्यता रहेको थियो । दाङमै पहिलो पटक राप्ती अञ्चल अस्पताल तुलसीपुरले यो सेवा शुरु गरेको हो । दाङमा अहिले सम्म यो सेवा सञ्चालन हुन सकेको थिएन् । नासु नबेन्द्र गिरीका अनुसार साबिक राप्ती सहित बिभिन्न जिल्लाका बिरामीलाई सेवा दिन सकिन्छ । उनले भने‘ डायलसिस सेवा शुरु भएसंगै सल्यान, प्युठान, रुकुम, रोल्पासहितका जिल्लाहरुबाट समेत सेवा ग्राहीलाई सहज हुने छ ।’

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्