सैघाली खबर
दाङ, ५ पुस । नुहाउने क्रममा करेन्ट लागेर दाङमा एक वालकको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका १८ निवासी चुर्ण वहादुर नेपालीको ७ वर्षिय छोरा निराजन नेपालीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।
स्थानीय यज्ञ वहादुर बस्नेतले खोलामा पानी तान्न लगाएको मोटरमा परी वालकको मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुलसीपुर डिएसपी प्रकाश सापकोटाले जानकारी दिनुभयो । घर बनाउने पानी तान्न प्रयोग भएको मोटरमा परी उनको मृत्यु भएको हो । मृतक वालकको शवलाई पोष्टमार्टमका लागि अञ्चल अस्पताल तुलसीपुरमा लगिएको छ ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।