जेसीजको मनोनयन दर्ता



सैघाली खबर
दाङ, ५ पुस । त्रिभुवननगर जेसीज दाङको वर्ष २०१८ को नयाँ नेतृत्व चयनका लागि यही पुस १५ गते निर्वाचन हुदैछ । जसका लागि बुधवार मनोनयन दर्ता सम्पन्न भएको छ ।

जसमा अध्यक्षका चार जना, कार्यकारी उपाध्यक्षमा पाँच जना, उपाध्यक्ष पदका लागि नौ जना र सचिव पदका लागि दुई जनाले उम्मेदवारी दर्ता गरेका छन ।

जसमा जेसीजका पुर्वकार्यकारी उपाध्यक्ष सनत गिरी, विवेक आचार्य, लालमणि भण्डारी र पुष्करराज न्यौपानेले अध्यक्ष पदका लागि उम्मेदवारी दिनुभएको छ । त्यस्तै कार्यकारी उपाध्यक्षका लागि योगेश पन्त, प्रेमप्रकाश विसी, संगम पौडेल, माधव प्रसाद पौडेल र मिनराज भाट रहनुभएको छ ।

त्यस्तै उपाध्यक्ष पदका लागि किरण गौतम, श्रीधर विसी, प्रदिप सुवेदी, रविन्द्रनाथ योगी, सागर शर्मा, यज्ञ वहादुर खड्का, भरत पौडेल, रोशन दाहाल र भिम गिरी रहनुभएको छ । त्यस्तै सचिवका पदका लागि सरोज गिरी र टंक वहादुर रावतले उम्मेदवारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्