हल्लाको पछि नलागौ दाङ नै राजधानी हो –महरा



सैघाली खबर
दाङ, ५ पुस । नेकपा माओवादीका केन्द्रका नेता एवं प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराले राष्ट्रिय सभा गठन विद्येयक राजनीतिक सहमतिवाट टुङ्गो लाग्ने बताएका छन् । वुधवार तुलसीपुर उद्योग वाणिज्य संघले आयोजना गरेको स्वागत तथा भेटघाट कार्यक्रममा उनले त्यस्तो बताएका हुन । राष्ट्रपति समक्ष सरकारले पेश गरेको विद्येयक केही दिनमै टुङ्गो लाग्ने र राजनीतिले नयाँ मोडलिने उनले आशा व्यक्त गरेका छन् ।

विनाविभागिय मन्त्री समेत रहेका महराले अवको केही दिन भित्रमै नयाँ सरकार गठनको प्रकृयादेखि विभिन्न राजनीतिक मुद्दाहरुको छिनो फानो हुने बताएका छन् । नेकपा एमाले, माओवादी केन्द्रका बीच पार्टी एकीकरणको कामपनि संगसंगै अगाडि बढेको जानकारी दिए । ‘अव निर्वाचन पनि सकिएको छ, समानुपातिकको पनि अन्तिम मतपरिणाम आइसेको छ,अव राजनितिले नयाँ मोड लिने छ’–महाराले भने । राजनीतिक सहमति विना कुनैपनि राजनीतिक एजेण्डाहरु सफल नहुने भन्दै सहमति र सहकार्य विना नेपालको विकाश हुन नसक्ने पूर्व उपप्रधानमन्त्री समेत रहेका महराले बताए ।

उनले भने –सहमतिको विकल्प छैन् हामी सवै मिलेर यो देशलाई विकाश गर्ने हो,अरु कसैले विकास गर्ने हैन ।’ महराले भने । राजनीतिकदलहरुका बीचको एकता र सहकार्यले मात्रै देशमा आर्थिक समृद्धि र विकासले गति लिने उनले विश्वास गरे ।

राजनीतिक उपलब्धि प्राप्त भएको हुँदा अव विकासलाई कसैले पनि रोक्न नसक्ने उनले बताए । नेपाली जनताको चाहना देशमा समृद्धि र विकास रहेको भन्दै अव विकाशमा स्थायित्व आवश्यक रहेको उनको धारणा थियो । प्रतिनिधिसभा सदस्य महराले अर्को प्रसंगमा बोल्दै प्रदेश नं ५ को राजधानी दाङ हुने विश्वास व्यक्त गरेका थिए । ‘प्रदेश नम्वर ५ को राजधानी दाङ हुन्छ यदि त्यो भएन भने अर्को प्रदेश थपेर भएपनि राजधानी बन्छ बन्छ तपाईहरु ढुक्क हुनुहोस’ महराले दाबीका साथ भने ।

उनले दाङको भालुवाङ होस वा हापुरे जहाँ भएपनि राजधानी दाङमै हुने बताए । यसैबीच उनले तुलसीपुर स्थित टरिगाउँ एयरपोटको समेत निरक्षण गरेका थिए । त्यस पछि पत्रकारहरु संग कुरा गदै महराले अहिलेकै संरचनामा हप्तामा दुईबटा उडानहरु जसरी भएको र विमान सञ्चालन गर्न आफुले पहल थालेको बताएका थिए । उनले भने ‘तपाईहरु ढुक्क हुनुहोस यो विमान स्थलमा अव केही दिनमा जहाज आउछ, त्यसको पहलमा लागेका छौं।’ त्यसैगरी उनले दाङको समग्र विकासका लागि आफुले विगतमा जस्तै पहल गरिराखेको समेत उनले बताए ।

तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विरबहादुर रावतको अध्यक्षतामा भएको कार्यक्रमका पूर्व अध्यक्ष विमल रिजालले दाङ प्रादेशिक राजधानी, एयरपोट सञ्चालन र इन्धन डिपो स्थापनाका लागि यस क्षेत्रका जनताले महरा संग धेरै अपेक्षा र आशा राखेको भन्दै तत्काल पहलका लागि निरन्त्रता दिन समेत आग्रह गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्