दाङ देउखुरीको सिसहनियाँ र भालुवाङमा लकडाउनको प्रभाव



ओमप्रकाश गुप्ता , सिसहनियाँ ( फोटो फिचर) दाङ देउखुरीको सिसहनियाँ र भालुवाङ बजार क्षेत्रमा लकडाउनको पहिलो दिन पुर्ण प्रभाव परेको छ ।

लकडाउनका कारण ती बजार क्षेत्र सुनसान बनेका छन् भने पुर्व पश्चिम  राजमार्ग अन्तरगत पूर्व धानखोला र पश्चिम सिंगे खोला सम्म लकडाउका कारण इमर्जेन्सी, खाद्यान्न तथा अतिवाश्यक यातायातका साधान वाहेक अन्य यातायातका साधान चलेका छैनन् ।

ति क्षेत्रका विभिन्न संघ सस्था, सरकारी तथा गैरसरकारी कार्यालय, कलकारखाना, उद्योगधन्दा, खाद्यान्नका पसल तथा फुटकर पसल, बजार, गल्ली, सार्वजनिक स्थालहरु सुनसान रहेका छन् ।

अाज बजार क्षेत्रमा मास्क नलगाई हिड्ने मानिसहरूलाई प्रहरीले जरिवाना गर्नुका साथै मास्क प्रदान गरेको छ । कोरोना भाइरस समुदाय स्तरमा फैलिन थालेपछि संकट व्यवस्थापन समिति दाङले सोमबार देखि एक साता सम्म लकडाउन गर्ने निर्णण गरेको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्