माघी विशेष साँस्कृतिक महोत्सव विहिवार देखी दाङको कोठरीमा 



सैघाली खबर
दाङ, ५ पुस । दाङको कोठरीमा भोली देखि माघी विशेष साँस्कृतिक कार्यक्रम सुरु हुने भएको छ । स्थानिय कला, सस्कृति र परम्पराको प्रर्बधन र विकासका लागि आयोजना गरीएको ६ दिने सास्कृतिक कार्यक्रमको सम्पुर्ण तयारी पुरा भएको आयोजकले बताएको छ ।

ब्राण्डरुट इन्टरटेन्मेन्ट दाङले तुलसीपुर उपमहानगरपालिका वडा नं। १५ को कोठरीमा आयोजनामा गरेको सांस्कृतिक कार्यक्रममा महानायक राजेश हमाल सहभागि हुनेछन् ।

दाङमा पहिलो पटक सार्वजनिक कार्यक्रममा सहभागि हुन थालेका महानायक राजेश हमाल आउने कार्यक्रम संयोजक सुनिल विसीले जानकारी दिनुभयो । भोली देखि ११ गते सम्म सञ्चालन हुने सास्कृतिक कार्यक्रममा नेपाली लोकदोहोरी गायीका तथा मोडेल ज्योती मगर लगाएतका विभिन्न कलाकारहरुको प्रस्तुती रहने छ ।

‘सामाजिक तथा सांस्कृतिक विकासको आधार, स्थानिय प्रतिभा, कला, सस्कृति र परम्पराको उजागर’ भन्ने नाराको साथमा ६ दिन सम्म सञ्चालन हुने माघी विशेष सास्कृतिक कार्यक्रम २०७४ को सम्पुर्ण तयारीहरु पुरा भएको छ ।

भोली विहिबार विहान ११ बजे एक औपचारिक कार्यक्रमको आयोजना गरी उद्घाटन हुनेछ । कार्यक्रम उद्घाटनको अबसरमा विभिन्न स्थानबाट झाँकी जुलुस निकालिने भएको छ । कोठरी आसपासका विभिन्न समुह, क्लब तथा विद्यालयहरुले आफ्नो पहिचान झल्किने गरी झाँकि जुलुस निकाल्ने कार्यक्रम संयोजक विसीले बताउनुभयो ।

आउँदै गरेको माघी पर्वलाई लक्षित गर्दै सञ्चालन हुने सांस्कृतिक कार्यक्रममा स्थानिय र पराम्परागत सास्कृतिक नृत्य, लोक गीत, लोकनृत्य, विभिन्न प्रतियोगिताहरु सञ्चालन गरीने विसीको भनाई रहेको छ । ५० भन्दा बढि व्यापारिक स्टलहरु रहने कार्यक्रममा प्रबेश शुल्क एक सय रुपैया तोकिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्