सुर्खेत । बाजुरामा सत्तारुढ (नेकपा) परित्याग गरि करिव २०० परिवार नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । वर्तमान दुई तिहाईको सरकारको रवैयाबाट आजित भएको भन्दै कांग्रेसको समाजवादी सिद्धान्तलाई आत्मसात गर्ने काँग्रेस प्रवेश गर्ने लहर चलेको छ ।
केही दिन अघि मात्र त्रिवेणी नगरपालिका–२, ४ मा सयौंको संख्यामा काङ्ग्रेस प्रवेश भएका थिए । नेपाली काङ्ग्रेस बाजुराका वरिष्ठ नेता रामसिंह रावलको नेतृत्वमा त्रिवेणी नगरपालिका–६ मा नेकपा परित्याग गरि २०० घरपरिवारका सक्रिय नेता, कार्यकर्ता नेपाली काङ्ग्रेसमा प्रवेश गरेका हुन् ।
एक कार्यक्रमकाबिच नव आगन्तुकलाई स्वागत गर्दै नेपाली कांग्रेस बाजुराका नेता रावलले भने, जीवन रहुन्जेल रुख रोप्नेछु, रोप्दैछु, विश्वास गर्नुहोस, काँग्रेस ढल्न दिने छैन । भत्कन दिने छैन, त्रिवेणी जस्तै सिङ्गो बाजुरा काङ्ग्रेसको किल्ला बनाउँछु ।
आफू नेतृत्वमा भए कांग्रेसका कुनै पनि कार्यकर्ताले कहीँ कतैबाट असुरक्षित महशुस गर्ने दिन नआउने पनि उद्घोष गरे । आफूलाई अहिले पद भन्दा बढी संगठनको ठूलो चिन्ता रहेको र कांग्रेसका लागि जस्तोसुकै त्याग गर्न तयार रहेकोले सबैको भावना, मनोआकांक्षालाई आत्मसात गर्दै अघि बढ्ने बताए ।
कोरोना महामारी र बाढी पहिरोले घर, खेतबारी र सडक बगाउँदासम्म पनि नेकपाको दुईतिहाई बहुमत सरकारले भ्रष्टाचार गर्ने बाहेक जनतालाई केही नदिएकाले गलत कामका विरुद्धमा लाग्न युवाहरु जुट्ने बेला आएको स्पस्ट पारे ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।