निषेधाज्ञाबारे उपत्यकाका तीन सिडिओले भर्चुअल बैठक बस्दै



काठमाडौँ / १६ भदौ।
उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (सिडिओ) हरू भर्चुअल बैठक बस्दैछ।

उपत्यकामा जारी निषेधाज्ञाको समय बढाउने-नबढाउने विषयमा साझा धारणा बनाउन बैठकमा छलफल काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले बताए।

भदौ ४ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी छ। जारी निषेधाज्ञाको समय बुधबार राति १२ बजे सकिँदैछ।

निषेधाज्ञा समयको पूर्वसन्ध्यामा काठमाडौं, भक्तपुर र ललितपुर जिल्लाका प्रमुख जिल्ला अधिकारीहरू छलफलमा जुटेका हुन्।

तीन जिल्लाका प्रजिअको राय मंगलबार नै गृह मन्त्रालयमा पठाइने छ। गृहको सुझावपछि भोलि पुन: बैठक बसेर निषेधाज्ञाबारे निर्णयमा पुग्ने दाहालले जानकारी दिए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्