ला लिगाको नयाँ सिजनको खेल तालिका सार्वजनिक



एजेन्सी । स्पेनिस ला लिगा फुटबलको नयाँ सिजनको खेल तालिका सार्वजनिक भएको छ ।

सोमबार सार्वजनिक २०२०-२१ खेल तालिकाअनुसार नयाँ सिजन पहिलो एल क्लासिको अक्टोबरमा हुने भएको छ ।

तालिका अनुसार बार्सिलोना र रियल मड्रिडबीचको एल क्लासिको भिडन्त अक्टोबर २५ मा क्याम्प नाउमा हुनेछ । यस्तै दोस्रो एल क्लासिको सान्टियागो बर्नाबेउमा भिडन्त अप्रिल ११ हुनेछ ।

तालिकाअनुसार ला लिगाको नयाँ सिजनको पहिलो दिन सेप्टेम्बर १३ मा १० खेल हुनेछ । पहिलो दिनको खेलमा च्याम्पियन रियल मड्रिडले गेटाफेसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

बार्सिलोनाले भने इल्चे एफसीसँग खेल्दै सिजनको सुरुवात गर्नेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्