रौतहटका साहको भारतमा गोली हानी हत्या



रौतहट । जिल्लाका एक युवकको भारतीय क्षेत्रमा गोली हानेर हत्या गरिएको छ । ईशनाथ नगरपालिका ७ घिउरा गाउँ निवासी ३५ वर्षीय दीनदयाल साहको गोली हानी हत्या गरिएको हो । सीमावर्ती भारत बिहार घोडाशहन थाना क्षेत्र अन्तर्गत लैन बंसवरिया गाउँ नजिकै पोखरी छेउमा कञ्चटमा गोली हानी हत्या गरिएको अवस्थामा युवक साहको शव फेला परेको जिल्ला प्रहरी प्रवक्ता भरत श्रेष्ठले जानकारी दिए ।

शव परीक्षणको लागि भारत विहारको मोतीहारी अस्पतालमा भारतीय प्रहरीको सहयोगमा लगिएको बताइएको छ । हत्याको कारण भन्ने खुल्न नसकेको तथा अनुसन्धान जारी रहेको रौतहट प्रहरीले जनाएको छ ।

ईशनाथ नगरपालिका औरैया गाउँ निवासी सञ्चारकर्मी किशोरी यादवका अनुसार साहको पैसाको लेनदेनको कारण हत्या भएको हुनसक्छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्