काठमाण्डौ / १७ भदौ।
गत बर्षको सुपरहिट गीत तिम्रो मायाको अत्याधिक सफलता पछि चर्चित गायिका पुजा क्षेत्रीले यस बर्ष लोकदोहोरी कोसेली “के मा चित्त दुख्यो मयालै” लिएर आएकी छिन् ।
चर्चित सर्जक शिब हमालको लय तथा शब्द, मौसम हिमालीको निर्देशनमा लोकदोहोरी गायक तथा मोडल रामजी खाँड र अञ्जली अधिकारीको धमकेदार नृत्य प्रस्तुती रहेको उक्त म्यूजिक भिडियोमा अजय रेग्मीले छाँयाकन तथा प्रबिन भट्टको सम्पादन रहेको छ ।
सदाबहार लोकदोहोरी गायक राजु परियार र गायिका पुजा क्षेत्रीको आवाजमा रहेको दोहोरी गीत “के मा चित्त दुख्यो मयालै” एक्सिस् इन्टरटेन्मेन्ट युटूव च्यानलबाट भर्खरै मात्रै (भिडियो सहित) बजारमा सार्वजनिक भएको हो ।

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।