काठमाडौँ / १७ भदौ।
कोरोना भाइरसको महामारीका बीच आजबाट सोह्र श्राद्ध सुरु भएको छ ।
कोरोना भाइरसको प्रसार रोक्न गरिएको निषेधाज्ञाका कारण घरघरमा पुगेर सोह्र श्राद्ध गराउन समस्या भएको छ ।
सम्भव हुनेले घरनजिकै रहेको देवालयमा गएर श्राद्ध गराएका छन् भने सम्भव नहुनेहरू यसको विकल्पको खोजीमा छन् ।
कोरोनाका कारण यस वर्षदेखि भर्चुअल श्राद्धको विषय पनि चर्चामा छ । बुधबार पशुपति क्षेत्रमा समेत भर्चुअल श्राद्ध गर्ने र गराउनेहरू समेत भेटिएका छन् ।
तस्बिर : विभिन्न अनलाइनबाट साभार

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।