नेकपा एमालेको आज स्थायी समिति बैठक बस्दै



सैघाली खबर
काठमाडौं ,६ पुस

निर्वाचनबाट पहिलो दलबनेको नेकपा एमालेको आज स्थायी समिति बैठक बस्दै छ । बैठकमा बर्तमान राजनितिक समस्याको समाधान, नयाँ सरकार गठन र माओवादी केन्द्र सँग पार्टी एकता गर्ने बारे छलफल हुनेछ ।

एमाले नेता सुवास नेम्वाङका अनुसार पार्टी एकता सँगै सरकारको नेतृत्व र पद तथाजिम्मेवारी बाँडफाँडको विषयमा छलफल हुनेछ । बर्तमान सरकारले राष्ट्रियसभा निर्वाचन सम्बन्धी विधेयक अध्यादेश मार्फत ल्याउनलागेको विषयमा समेत एमालेले आफ्नो धारणा बनाउने छ ।

नेम्वाङले अध्यादेशको विषय राजनितिकविषयभएकाले छलफल बाटै एमालेले समाधान खोजेको बताउनुभयो । उहाँले सरकारले छलफलका लागि चासो नदिनु दुखद् भएको बताउनुभयो । सरकारले छलफल नगरे प्रमूखदलको हैसियतमा एमाले नै छलफलका लागि अग्रसर हुने पूर्व सभामुख नेम्वाङको भनाई छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्