तराईमा शीतलहर र हिमाली क्षेत्रमा हिमपातको सम्भावना



सैघाली खबर
काठमाडौं ,६ पुस

देशभर आंशिक बदलीको अवस्था सँगै कुहिरो र शीतलहर हट्दै गएको छ तर यो अवस्था एक दुई दिनमै परिवर्तन हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले आंशिक बदलीका कारण कुहिरो हट्दै गएको र तापक्रममा पनि केही सुधार भएको अवस्था छ । तर पश्चिमीवायुको प्रभावले एकदुई दिन पछि तराईमाशीत लहर तथा हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको महाशाखाकी वरिष्ठ मौसमविद विभूति पोखरेलले जानकारी दिनुभयो । पोखरेलका अनुसार काठमाडौंमा केही दिन यता न्यूनतमता पक्रम बढिरहेको छ तर अधिकतम तापक्रम कम भएका कारण चिसो महसुस भएको छ । एक दुई दिनमाअधिकतम तापक्रम घट्न सक्ने पनि बताईएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्