दारी ग्याङले बुझायो नवलपरासी जिल्लाको सम्पूर्ण पालिकामा ध्यानाकर्षण पत्र



नवलपरासी / १७ भदौ।
सामाजिक संजाल सक्रिय युवाहरुको संगठन दारी ग्याङ नवलपरासीले जिल्लामा कोरोना सक्रमण दिनानुदिन गुणात्मक तरिकाले बढेको तर जिल्ला हालसम्म पिसिआर मेसिन,आइसियु , भेन्टिलेटरको नभएकोले यथाशीघ्र माग गर्दै सम्पुर्ण पालिकामा ध्यानाकर्षण पत्र बुझाएको छ ।

विश्वब्यापी रुपमा फैलिएको Covid 19 का कारण नेपालमा पनि थुप्रै मानिसहरु सक्रमित भएका र लगभग २२८ जनाको ज्यान गुमाउनु परेको अवस्था छ ! हाल नवलपरासी ( ब.सुप )मा पनि Covid 19 ले महामारीको स्थिती सृजना गर्न सुरु गरेको छ । हालसम्म जिल्लाका सक्रमितको पि.सि.आर ( Polymerase chain reaction ) जाँचको लागि प्रदेश स्तरीय अस्पतालको मात्र भर पर्दा रिपोर्ट ढिलो आउने हुदा सक्रमितको संख्या बढ्ने खतरा बढेको छ।

जनसमुदायमा फैलन गई जोखिम बढ्न जान्छ जोखिम घटाउन र संक्रमितको रिपोर्ट छिटोछरितो उपचारका लागि जिल्लामै व्यवस्थित आइसियु र भेन्टिलेटरको व्यवस्थापन गर्न सम्पुर्ण पालिकामा जिल्लाको स्वास्थ्य अवस्था सुधार र तत्काल PCR मेसिन खरिद प्रक्रिया अगाडि बढाउनका लागि नवलपरासी युवाहरुको अभियानलाई साथ दिदै दारी ग्याङ नवलपरासीद्वारा प्रत्यक पालीकालाइ आज मेल मार्फत ध्यानाकर्षण पत्र बुझाउएको हो ।

केहि दिन अगाडि पश्चिम् नवलपरासीका युवा हरुको समुहले पनि जनप्रतिनिधि र स्थानीय प्रतिनिधिलाई म्यासेज मार्फत दबाब दिएको थियो । संक्रमनको यो अवस्था हेर्दा भोलिका दिनमा नवलपरासीमा पनि यो रोग लागेर थाहा नपाई ज्यान गुमाउन पर्ने अवस्था नआउला भन्न सकिदैन । महामारीको अवस्थामा नवलपरासी ( ब.सुप ) को सातै वटा पालिकाको जिम्मेवारि भएकोले जिल्लाका सम्पुर्ण सातवटा पालिका एक्यवद्धता भएर जिल्लामा एउटा PCR मेसिन , आइसियू र भेन्टिलेटर ल्याउनको लागि नवलपरासी पश्चिमका युवाहरुको अभियानलाई साथ दिदै सम्पुर्ण सातै वटा पालिका प्रमुख र अन्य जनप्रतिनिधि दारी ग्याङ नवलपरासी माग गरेको नवलपरासीका संयोजक दारी ग्याङ दिपक गैह्रेले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्