३६ बर्षपछि करणी मुद्दाका फरार अभियुक्त पक्राउ



सैघाली खबर,
तुलसीपुर, ६ पुस ।

दाङ प्रहरीले एकजना करणी मुद्दाका फरार अभियुक्तलाई ३६ बर्षपछि पक्राउ गरेको छ । २०३८ साल असार ३१ गते दाङ देउखुरी जिल्ला अदालतले १ बर्ष ६ महिना जेल सजाय सुनाएका व्यक्ति बुधवार पक्राउ परेको दाङकी प्रहरी प्रमुख एसपी दुर्गा सिंहले जानकारी दिइन । घोराही उपमहानगरपालिका वडा नं. ५ निवासी ६५ बर्षीय मानबहादुर डाँगी बुधवार जंगलवाट पक्राउ परेको उनले जानकारी दिइन ।

घोराही ५ स्थित जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला परेका डाँगीलाई पक्राउ पछि आवश्यक जरिवाना असुल उपर गर्नका लागि दाङ देउखुरी जिल्ला अदालतमा पठाइएको एसपी सिंहले बताइन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्