प्रदेशसभातर्फ समानुपातिकको सिट बाँडफाँड आज,कस्को सम्भाब्यता बढी त



सैघाली खबर,
काठमाडौं, ६ पुस।– निर्वाचन आयोगले प्रदेशसभाको समानुपातिकतर्फको सिट बाँडफाँड बिहीबार गर्दैछ । प्रदेशसभातर्फको मतसंख्या संकलन र रुजु गर्ने काम सकेपछि सिट संख्या बाँडफाँड गरी दलहरुलाई पत्र लेख्न लागिएको तयारी रहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिनुभयो ।

आयोगले प्रदेशसभाका समानुपातिकतर्फका सांसदको नाम पठाउन दललाई ७ दिनको समय दिने पनि उहाँले बताउनुभयो । प्रदेशसभामा राष्ट्रिय दलको मान्यता पाएका ५ दलसहित प्रदेश नम्बर १ मा राप्रपा, २ मा नेपाल संघीय समाजबादी पार्टी र प्रदेश नम्बर तीनमा विवेकशील साझा र नेमकिपाले एक एक जना सांसद पठाउन पाउनेछन् ।

समानुपातिकतर्फ कसले कति सिट पाउने 
प्रदेशसभामा कुल सदर मतको १ दशमलव ५ प्रतिशत सीमा कटाउने दलले प्रदेश सांसद पठाउन पाउने प्रावधान छ । यसैबिच संघीय प्रतिनिधिसभाको समानुपातिकतर्फको सिट बाँडफाँडका लागि पनि तयारी भइरहेको छ ।

आयोगका अनुसार सवै ठाउँको मत रुजु गरी सम्बन्धित निर्वाचन अधिकृतले कागजात बुझाइसकेपछि संघीय प्रतिनिधिसभाका लागि पनि ७ दिनको समय दिएर दलहरुलाई पत्र पठाइनेछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्