साहित्य/कला

सुरज भाटको कविता “बाउ बाटै छोरी बलात्कृत हुँदा सम्म”

By Thaha - Online

September 03, 2020

अझै कति सभा बसाउने हो संविधानका लागि किन कुनै नीति नबनाइएको जवानका लागि

नेपाल भन्ने देशमा विकास भइसक्यो जस्तो छ युवाहरू दैनिक विदेसिन्छन् जापानका लागि

राजनीतिको हरेक ठाउँमा सन्धि मात्र भेटिन्छन् किन बनाइयो मेरो देश तिनकै खान्दानका लागि?

जनतालाई सुखी बनाउन आयको रे लोकतन्त्र राजतन्त्र गलत भयो भ्रष्टाचारी आसनका लागि

बाउ बाटै छोरी समेत बलात्कृत हुँदा सम्म अधिकारी चुपचाप बसेछन् शु-शासनका लागि

सुरज भाट (समीप) अछाम हाल नेपालगञ्ज बाँके