काठमाडौं /१८ भदौ।
गोंगबु हत्याकाण्डका आरोपी कल्पना पौडेल मुडभरीलाई पुर्पक्षको लागि थुनामा पठाएको छ ।
बिहीबार जिल्ला अदालत काठमाडौँले मुडभरीलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो ।
यस्तै हत्यामा संलग्न रहेकी मुडभरीको छोरीलाई भक्तपुरस्थित बालसुधार गृह भक्तपुर, सानोठिमी पठाएको छ ।
मुडभरीकी छोरी नाबालिका भएको कारण सुधार गृह पठाइएको अदालतले जनाएको छ ।
२५ साउनमा गोंगबुस्थित गणेश स्थानमा सुटकेशमा बन्द गरेको अवस्थामा एक पुरुषको शव फेला परेको थियो ।
बोहोराको हत्यामा संलग्न रहेको आरोपमा मुडभरी र छोरीलाई प्रहरीले चितवनबाट पक्राउ गरेर काठमाडौँ ल्याएको थियो ।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।