यस्तो बन्यो नाजिर र केकी अभिनित ‘राज्जा रानी’को ट्रेलर -भिडियोसहित



 

सैघाली खबर,
काठमाडौँ ।

नाजिर हुसेन र केकी अधिकारीको मुख्य भूमिका रहेको फिल्म ‘रज्जा रानी’को ट्रेलर सार्वजनिक भएको छ ।

फिल्म युनिटले राजधानीमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजजिक गरेको हो । सार्वजनिक गरिएको ट्रेलरमा शीर्ष भूमिकामा देखिएका केकी र नाजिरका साथमा कामेश्वर चौरसिया पनि प्रमुख दृश्यहरुमा देखिएका छन् ।

फिल्ममा नेपालको पश्चिम तराईको समसामयीक अवस्था, जनजाति समुदायको संवेदना र प्रेमकथालाई मुख्य विषय बनाइएको छ । फिल्म नेपालीका अलावा मैथिली भाषामा नेपाल– भारत दुवै देशमा रिलिज हुने निर्माता एमके पौडेलले जनाकारी दिए ।

 

समसामयीक राजनीतिक विषयमा कमेडी मिसाइएको ‘राज्जा रानी’ले तराईको कथावस्तुलाई प्रस्तुत गर्ने जमर्को गरेको ट्रेलरमा देखाइएको छ। पुस २८ बाट सार्वजनिक प्रदर्शनमा आउने यस फिल्मको गीत र टिजर यसअघि नै सार्वजनिक भइसकेका छन् ।

फिल्मको निर्देशन यम थापाले गरेका छन् । फिल्ममा ताराप्रकाश लिम्बू र दीपक शर्माको संगीत, पुरुषोत्तम प्रधानको छयांकन र कविराज गहतराजको नृत्य निर्देशन रहेको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्