सेभ द चिल्ड्रेन तथा मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको एकीकृत परियोजनाको अनुगमन



प्रतिज्ञा मगर
त्रिवेणी गाउँपालिका राेल्पाकाे समन्वय र सेभ द चिल्ड्रेन तथा मानव अधिकार सचेतन केन्द्र (हुरेक) रोल्पाको साझेदारीमा सञ्चालित एकीकृत परियोजनाको अनुगमन गरिएको छ ।

त्रिवेणी गाउँपालिका रोल्पाका उपाअध्यक्ष सावित्रा कुमारी बुढा (घर्ती) को अध्यक्षतामा प्रमुख प्रशासकीय प्रमुख निम बहादुर केसि प्रसासन अधिकृत हेमराज उपाध्याय विषयगत शाखाका प्रमुखहरु (कृषी, महिला बालबालिका तथा जेष्ठ नागरिक इकाई, पशु सेवा शाखा, कानुन मामिला इकाइ, युवा, खेलकुद तथा शिक्षा शाखा), हुरेक रोल्पा र सेभ द चिल्ड्रेनको सयुक्त समूहले त्रिवेणी ६ रोल्पाका भुमिसरा थापाको कुखुरा फर्म, भानु आधारभुत विद्यालय बाझवोट, बाल अधिकार समिति त्रिवेणी ५ रोल्पा र शिव गुफा साना किसान कृषि सहकारी संस्था त्रिवेणी ५ रोल्पाको अनुगमन गरेको छ ।

अनुगमनका क्रममा सहयोग गरिएको कुखुरा फर्मवाट ८६ हजार रुपैया आम्दानी भएको पाइएको थियो भने व्यवसाय व्यवस्थीत गर्न खोर वरीपरी सरसफाई तथा व्यवसाय निरन्तरता दिन गाउँपालिकामा दर्ता गराउने र प्राप्त आम्दानीवाट बालबालिकालाई उचित पालन पोषण र शिक्षामा समेत लगानी गर्न सुझाव दिइएको थियो । भानु आधारभुत विद्यालय बाँझवोट रोल्पामा परियोजनावाट गरिएको सहयोगहरु बसाइ व्यवस्थापन, ब्रन्डा निर्माण तथा शैक्षिक सामाग्री निर्माण तालिमवाट प्राप्त उपलव्धीहरुको अनुगमन गरिएको थियो ।

विद्यालयको व्यवस्थापकीय कार्यलाई चुस्त दुरुस्तरुपमा सञ्चालन गर्न सुझाव दिईको थियो । त्यस्तै बाल अधिकार समिति त्रिवेणी ५ को कार्यलयमा पनि अनुगमन गरिएको हो । बालबालिको हक अधिकार संरक्षण गर्न बनेको कार्यविधी २०७६ को अधिनमा रहि बाल अधिकार समिति गठन भएको र परियोजनाको सहयोगमा घटना व्यवस्थापन, समितिको क्षमता विकास, कार्यलय व्यवस्थापनको लागी सामाग्री सहयोग, बालबालिका सहयोग कार्यक्रम भएको पाइयो । बाल अधिकार समितिको काम कर्तव्यलाई निरन्तरता दिन सुझाव दिईको थियो । त्यस्तै शिवगुफा साना किसान सहकारी संस्था लि. त्रिवेणी ५ मा पनी अनुगमन गरेको छ ।

परियोजनावाट कुल १० लाख रुपैया शर्सत अनुदानको रुपमा प्रदान गरेका जसमा १ लाख बाल अनुदान, १६ हजार कार्यलय व्यवस्थापन र ८ लाख ८४ हजार रुपैया परियोजनाले लक्षित गरेका घर धुरीलाई व्यवसाय सञ्चालनको लागी १० प्रतिशत व्याजमा लगानी गर्ने र प्राप्त व्याजलाई ५ प्रतिशत कार्यलय सञ्चालनका लागी खर्च गर्ने र ५ प्रतिशत लाई बाल अनुदानकोषमा जम्मा गर्दै गरेको पाइयो ।

जम्मा ३० जना व्यावसायीले ८ लाख ४४ हजार ऋण लिएकोमा नियमानुसार चुक्ता गरेका र हाल सहकारी सगँ ५ लाख ३१ हजार ५ सय रुपैया रहेको पाइयो साथै बाल अनुदान कोषबाट ६४ जना बालबालिकालाई शैक्षिक सामाग्री तथा नगद सहयोग गरेका पाइयो । घुम्तीकोष लाई व्यवस्थीत, मर्यादित र नियमानुसार परिचालन गर्न सुझाव दिईको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्