साइकलबाट लडेर एकजनाको मृत्यु



सैघाली खबर,
दाङ, ६ पुस ।– साइकलबाट लडेर दाङको घोराही उपमहानगरपालिका–१६ का बिश्राम चौधरीको ज्यान गएको प्रहरीले जनाएको छ।

बुधबार राति साइकलबाट नालीमा लडेर गम्भीर घाइते भएका ३५ वर्षका चौधरीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।

रक्सी खाएर साइकल चलाएकाले  लडेर ज्यान गएको हुन सक्ने   प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्