वन मुद्दामा फरार दुईजना पक्राउ



कैलालीमा वन मुद्दामा फरार दुईजना पक्राउ परेका छन्। गोदावरी नगरपालिका वडा नम्वर ९ बस्ने ३३ बर्षीय नरे सार्की र कैलारी गाउपालीका वडा नम्बर ५ बस्ने बर्ष ५१ का राम बहादुर कठरियालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

कार्यालयका प्रवक्ता तथा प्रहरी नायव उपरिक्षक प्रतिक विष्टका अनुसार सार्कीलाई २०७१ साल मंसिर २२ गते कैलाली जिल्ला अदालतबाट एक लाख ११ हजार जरिवाना असुल गर्न आदेश भएको थियो भने कठरियालाई एक लाख ८४ हजार नौँ सय २८ रुपैँया जरिवाना भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्