चीन–भारत सिमा विवाद मिलाउन रुसमा वार्ता हुँदै



नयाँ दिल्ली । पूर्वी लद्धाखमा जारी सैन्य तनावका बीच चीनका रक्षामन्त्री वेई फेंघेले भारतका रक्षामन्त्री राजनाथ सिंहसँग छलफलका लागि समय मागेका छन् ।

‘द इन्डियन एक्सप्रेस’ अखबारमा प्रकाशित समाचार अनुसार दुवै नेताहरु अहिले सांघाई सहयोग संगठन (एससीओ) को बैठकका लागि रुसको मस्कोमा छन् । अखबारले चिनियाँ रक्षामन्त्रीले शुक्रबारका लागि छलफल गर्ने पहल गरेको उल्लेख छ ।

अखबारले स्रोतलाई उदृढ गर्दै गएराति नै भारतीय रक्षा मन्त्रालयले चिनियाँ रक्षामन्त्रीसँग छलफलका लागि अनुमति दिइसकेको छ । भारतले छलफलबाटै चीनसँग जारी सीमा विवाद समाधान गर्न सकिने अपेक्षा राखेको बीबीसीले जनाएको छ ।

मस्कोस्थित दुवै देशका दूतावासहरुले पनि आफूहरु शुक्रबार आ–आफ्ना रक्षामन्त्रीहरुको औपचारिक बैठकका लागि आपसमा सम्पर्कमा रहेको पुष्टि गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्